काठमाडौं । विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी ग्लोबल आइएमई बैंकले छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ। बैंकमा आयोजित एक विशेष कार्यक्रमबीचआइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटिएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन्।…