भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। वडा नं। ६ स्थित बनाचौर खेलमैदानमा औपचारिक उद्घाटनपछि सुरु गरिएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन गरिएको थियो। प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको थियो भने जम्मा ८९६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र…