काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ मा अवस्थित हिम शृङ्खला एकेडेमीका दुई प्रतिभाशाली विद्यार्थी अन्तर्राष्ट्रिय अवाकस प्रतियोगिताका लागि मलेसिया जाँदै छन्। कक्षा ४ मा अध्ययनरत नेशनल च्याम्पियन कृष्ण तामाङ र स्कुल च्याम्पियन रचना तामाङ २०८२ साल फागुन ११ गते मलेसियाको क्लालम्पुर प्रस्थान गर्दै छन्। प्रतियोगिता फागुन १४ गते आयोजना हुँदैछ, जसमा नेपालसहित २२ राष्ट्रका विद्यार्थीहरूको सहभागिता रहनेछ।…