काठमाडौँ । त्रिभुवन विश्वविद्यालये २०५८ सालदेखिका परीक्षार्थीका लागि एक पटक फेरि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर त्रिभुवन विश्वविद्यालयले यस्तो जानकारी दिएको हो । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको व्यवस्था…