राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिदै रिलायन्स इन्टरनेसनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित

राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिदै रिलायन्स इन्टरनेसनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित


काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा द्वितीय स्थान प्राप्त गर्दै रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।

गत वर्ष रिलायन्सबाट १ सय ८ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७९२ औसत जिपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशमा द्वितीय बनेको हो । मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जिपिएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित मिलनचोकमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसीमा नेपाल प्रथम (बोर्ड फर्स्ट) र २०७५ सालको एसईई परीक्षामा संस्थागत विद्यालय तर्फ प्रथम हुन सफल भएको थियो भने २०७९ सालको एसईई नतिजामा प्रथम स्थान प्राप्त गर्दै बागमती प्रदेश सरकारबाट सम्मानित भएको थियो ।