काठमाडौं । फेरिल्याण्ड ईन्टरनेशनल स्कुल द्वारा आयोजित तथा बुढानिलकण्ठ नगरपालिका वडा न १० को संयोजकत्वमा ‘प्रथम फेरिल्याण्ड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता २०८१’ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रवक्ता एवं वडा न १० का वडा अध्यक्ष नवराज भट्टराई उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरुका रुपमा बुढानिलकण्ठ नगर खेलकुद संयोजक एवं ८ वडा अध्यक्ष सुमन तामाङ, काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेपाल फुटसलका हेड कोच गौरव बस्नेत, ओपिएसका अध्यक्ष लोकेन्द्र बहादुर खड्का, खेलकुद बिषयका प्राध्यापक सुवास न्यौपानेको उपस्थिति रहेको थियो ।
यसैगरि अतिथिहरुमा कपन प्रहरि चौकीका बिष्णु गौतम,अन्तर्राष्ट्रिय रेफ्री विकेश विडारी ,अन्तर्राष्ट्रिय रेफ्री गौरव राजक,युवा संघ नेपाल काठमाडौ संयोजक कर्ण लामा, युवा व्यवसायी पुरुषोतम सापकोटा, राष्ट्रिय डेमो टिम प्रशिक्षक श्याम थापा मगर, पुरुषोतम नेपाल ,सरोज मोक्तान लगायत विभिन्न बिधालयका प्रधानध्यापक ,शिक्षक ,समाजसेवि ,अग्रज व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सफलता पुर्बक सम्पन्न भएको थियो ।
प्रतियोगितामा १० बिधालयका २५० भन्दा बढि १४ बर्ष मुनिका खेलाडिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम टिम फेरिल्याण्ड स्कुल, दोस्रो नमो वुध्ध क्लब र तेस्रो हेप्पि किड्स भएको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट भएका खेलाडिहरु रिहान केसि (द भेलो सिटि स्कुल) पुम्से बिधातर्फ ,कृपा खपाङी (फेरिल्याण्ड स्कुल) पुम्से बिधातर्फ ,दिप्सन राई (नेपाल टाइगर ) ग्यारोगि तर्फ, काशिका मान्धर (फेरिल्याण्ड स्कुल ) लाई टर्फि समेत प्रदान गरिएको थियो ।
बाल दिवसको अवसरमा आयोजना गरिएको यस प्रतियोगिता मा फेरिल्याण्ड स्कुल ले आफ्ना ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडिहरु कृतिका कटुवाल ,युनिका खतिवडा ,अपेक्षा ढुङगाना ,कृपा खपाङी र सुबास भुजेललाई सम्मानित गरेको थियो ।
अन्त्यमा प्रतियोगितामा सरल, सहज र भव्यताका साथ सम्पन्न सहयोग सहित हौसला प्रदान गर्नु हुने प्रधानध्यापक विष्णु चन्द्र अधिकारी,निर्देशक विनोद अधिकारी,राम गौतम ,भोलेन्टियर खेलाडिहरु ,रेफ्री लगायत प्रत्यक्ष /अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालक दिपक दुलालले कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया