काठमाडौँ । त्रिभुवन विश्वविद्यालये २०५८ सालदेखिका परीक्षार्थीका लागि एक पटक फेरि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर त्रिभुवन विश्वविद्यालयले यस्तो जानकारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित सूचनामा त्रि वि ले मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि. स. २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको हो ।
त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा AI प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय त्रिविले गरेको छ।
प्रतिक्रिया