आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ६ देखी ८ गते सम्म तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव सुरु हुने भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा हुन लागेको उक्त महोत्सवमा ग्रामिण क्षेत्र सँग सम्बन्धित चलचित्र प्रस्तुत गरिने बताइएको छ । काठमाण्डौमा सोमबार प्रमाणपत्र वितरण कार्यक्रममा…