काठमाडौं । यस वर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार वरिष्ठ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर र डा. सन्दुक रुइतलाई प्रदान गरिँदैछ। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रत्येक वर्ष श्रावण ११ गते आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ। आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यक्तिलाई यो पुरस्कार…