काठमाडौँ । सरकारले संविधान संशोधनको तयारी सुरु गरेको छ ।
मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहने गरी कार्यदल गठन हुने निर्णय भएको हो ।
संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गरिने जनाइएको छ । राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुनेछ ।



प्रतिक्रिया