काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराएको जनाएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी पालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाएको आयोगले जनाएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू क्रियाशील रहेको बताए।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ३४ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा २४ वटाको जवाफ प्राप्त भएको पनि प्रवक्ता भट्टराईले उल्लेख गरे ।



प्रतिक्रिया