सरकारले आउँदो माघ महिनामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्ध ’एचपीभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिनुभयो । १६ लाख ८८ हजार किशोरीले एचपीभी खोप लगाउने सरकारको अनुमान छ । माध्यमिक तहका विद्यालयलाई खोप केन्द्र बनाउने…