काठमाण्डौ । सरकारले एक सय दिनमा ज्यान जोखिममा परेको दुर्गम क्षेत्रका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै ४८ जना महिलाको उद्धार गरेको जानकारी गराउनुभएको हो ।
मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गर्नुभयो । उहाँले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया