टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु संक्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौं । गत असारमा टुकुचा खोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको बैंककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् । 'टुकुचा खोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना…