काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल म्याच नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा सुरु भएको छ । स्वदेशी टीमको हौसला बढाउन दर्शकहरु रंगशालामा खचाखच भरिएका छन् । खेल सुरु हुनुभन्दा दुई घन्टा अगाडिदेखि नै रंगशालामा भीड लाग्न सुरु भएको थियो । १५ हजार दर्शक क्षमताको रंगशालामा भरिभराउ दर्शकहरु अहिले नेपाली टिमको समर्थनमा होहल्ला र नाराबाजी गरिरहेका…