काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो ।…