काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ। आइतबार बसेको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन्। विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए। विधेयकमा तमाम त्रुटि रहेको भन्दै सच्याउनुपर्ने माग राख्दै शिक्षकहरू…