नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेपछि ओलीले अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन् ।
उनले भने, ‘शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’
प्रतिक्रिया