ईसान बाल तथा महिला अस्पताल २८ औं वर्षमा प्रवेश

ईसान बाल तथा महिला अस्पताल २८ औं वर्षमा प्रवेश

संगिता अधिकारी

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्ष पार गरेर २८ औं वर्षमा प्रवेश गरेको छ। बुधबार ईसान बाल तथा महिला अस्पतालले आफ्नो २८ औं बार्षिकोत्सव कृष्णजन्माष्टमीको दिनमा भब्यताका साथ मनाएको छ ।

२८ औं साधारण सभामा अस्पतालका निर्देशक डा. आर. पि. चौधरीले टोखा नगरपालिका ५ श्रीटोलमा आफ्नै भवनमा निर्माण सम्पन्न भएको भवनबाट कार्यक्रम सम्पन्न गरेको हो । बिगत २६ बर्षदेखि बसुन्धराबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल अब १०० शैयाको भएको डा. चौधरीले बताउनुभयो । कार्यक्रममा उहाँले सुरुमा १५ शैयाबाट सुरु भएको यो अस्पतालले बालबालिका र महिला उपचारका क्षेत्रमा चौबिसै घण्टा आकस्मिक सेवा, जटिल किसिमका शल्यक्रिया सहित विशेषज्ञ सेवा उपलब्ध रहेको डा. चौधरीले बताउनुभयो ।

नेपालको पहिलो गैरसरकारी इसान बाल तथा नर्सिङ होम वि।स २०५२ साल कृष्णाष्टमीको दिन शुरु भएको थियो।
यस अस्पतालले नवजात तथा बाल शल्य चिकित्सकको क्षेत्रमा नेपालमा ख्याति प्राप्त गरेको अवस्थामा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।
यस अस्पतालमा ७१ जना शेयर धनी रहेका छन्।