बाला चतुर्दशीमा नाम दर्ता गरेर बत्ती बाल्नेलाई पशुपति क्षेत्र विकास कोषले तोक्यो २१ सय शुल्क

बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पशुपति क्षेत्रमा बत्ती बाल्न चाहने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार एकसय रुपैयाँ शुल्क निर्धारण गरेको छ। शनिबार (भोलि) परेको बाला चतुर्दशीको अवसरमा आज त्रयोदशीको साँझ पशुपति क्षेत्रमा पितृका नाममा बत्ती (दीपदान) बालेर रातभर जाग्राम बस्ने गरिन्छ। भोलि (शनिबार) बिहान पितृको सम्झनामा धान, जौ, तिल, गहुँ,…