कार्यसम्पादन मूल्यांकनमा सूर्यविनायकले पायो उत्कृष्ट अंक

भक्तपुर । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६६ दशमलव ५२ अंक प्राप्त गर्न सफल भएको छ। आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा सूर्यविनायकले उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो । आयोगले स्थानीय सरकारको हकमा १७ वटा सूचकमा मूल्यांकन गरेको थियो, जसमा बजेट समयमै सार्वजनिक/पास गर्नु, आगामी आवको बजेट अर्थ मन्त्रालयमा…