७७ वटै जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा

देशका ७७ जिल्ला नै पूर्ण खोपयुक्त जिल्ला घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा। अभियान गौतमले ती सबै जिल्लाका दुई वर्षमुनिका शतप्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताए। नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप…