काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको छ । यो सँगे देशभर २२ जनामा हैजा देखिएकोहो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । ललितपुरको गोदावरी…