सय खेल पुरा गरेका कप्तान चेम्जोङ भन्छन् : नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय फुटबलमा सय खेल पुरा गरेका छन् । सय खेल पुरा भएसँगै चेम्जोङले खेल खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका हुन्। फिफा विश्वकप २०२६÷एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीवार स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा…