काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न…