आज सामान्य अंकले घट्यो सेयर बजार, ६ अर्बमाथिको सेयर कारोबार

काठमाडौं  । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ प्रतिशतले घटेर ३७४.१८ विन्दुमा पुगेको छ। एकल अंकले घटेको बजारमा ६ अर्ब रुपैयाँ बढिको सेयर कारोबार भएको छ। यसदिन ३१३ स्क्रिप्सको १ करोड ४२ लाख ९४ हजार…