काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयालले काठमाडौं क्षेत्र नं २ को समग्र विकास, पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार नाङ्गलेभारेस्थित ढुङ्गाना गाउँमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पिउने पानी व्यवस्थापन तथा युवाहरूका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने…