काठमाडौं। काठमाडौं महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानीकारक फोहर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न ७ दिनको समय दिएको छ। वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो। महानगरपालिकाले…