काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८ औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन् । मन्त्री बस्नेतले…