एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्। १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश र…