काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालका गुलशन झाले युएईको तेस्रो विकेट लिएका छन्। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको तेस्रो विकेट लिएको छ। गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरेका हुन्। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे।…