मेसीको २ गोलमा अर्जेन्टिनाको जित, पेरूको हार

काठमाडौं । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरूलाई हराएको छ। लिमास्थित पेरूको घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिना २-० गोलले विजयी भएको हो। दुबै गोल कप्तान लियोनल मेसीले गरेका हुन्। ३१ औं मिनेटमा ट्याग्लिफिकोको उत्कृष्ट पासमा मेसीले गोल गरे। लगत्तै ४२ औं इन्जोले अल्भारेजलाई दिएको पास अल्भारेजले पुनः मेसीलाई दिएका थिए। त्यसमा मेसीले गरेको गोल…