काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेकाे र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् । सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन्…