फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैं सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो। अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेंसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ। अहिले मध्यभागमा अलैंची थन्क्याउने मुख्य याम भएकाले किसानलाई…