काठमाडौं । भारतबाट ल्याउन लागिएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल न्यून गुणस्तर भएको भेटिएपछि बुधवार फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात…