काठमाडौं । सरकारले भ्याट लगाएपछि काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन। समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए।…