बंगलादेशमा झडपले लियो उग्र रुप, अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपालीलाई दूतावासको आग्रह

काठमाडौं । बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको छ । बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको हो । आन्दोलन चर्किदै गएपछि बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चतकालका लागि बन्द गरेको…