माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई नेपाली युवाको मृत्यु

काठमाण्डौ । अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर…