काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्। मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा…