अविरल वर्षाका कारण हवाई सेवा प्रभावित

अविरल वर्षाका कारण हवाई सेवा प्रभावित


काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका अनुसार आन्तरिक उडानहरू डिले भएका छन् । भिजिबिलिटी कम भएका कारण आन्तरिकतर्फको हवाई सेवा प्रभावित भएको हो ।

केही जहाजहरू काठमाडौंको आकाशमा होल्डमा रहेका छन् । अन्तर्राष्ट्रयतर्फका उडान र अवतरण भने भइरहेका छन् ।

काठमाडौं उपत्यकालगायत देशभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन् भने केही शहरहरू डुबानमा परेका छन् ।