हातमा लिएर
म देश नियाल्छु
त्यसका खातिर
बगेको रगत
पसिना
लागेको समय र खर्च सम्झन्छु
दिइएका आश्वासन सम्झन्छु
विगतको शासन सम्झन्छु
अहिलेको शासन सम्झन्छु
नयाँ नेपालको नारा सम्झन्छु
देशको कायापलट हुनेछ भनेको सम्झन्छु
काँचुली फेर्छ देशले भनेको नि सम्झन्छु ।
म सम्झन्छु
जनताले गरेका आशा भरोसा
र
देखेको सपना
अहिले यहाँ
हिजो सोचेको देश आँखा अघि छ
संविधान हातमा छ
कति गह्रुंगो या हल्का
मनलाई थाहा छ
के भयो के भएन
जनजनलाई थाहा छ
मार्गदर्शन हो भन्छन् संविधान
सबैलाई मिलाउने,
जुटाउने,
देश बनाउने,
साधन हो पनि भन्छन् संविधान
हामी कति मिल्यौं
कति जुट्यौं
विकासको फल कति चाख्यौं
कति गर्वले फुल्न सक्यौं
मनलाई थाहा छ ।
गाउँगाउँमा सिंहदरबार पुर्याउने भन्यौं
देशले छलाङ् मार्छ पनि भन्यौं
हेर्यौं
देख्यौं
के के भो
कसो कसो भो
त्यो कुरा मनलाई थाहा छ
जनजनलाई थाहा छ ।
हातमा संविधान छ
हल्का छ या गह्रुंगो के छ
यही मनलाई थाहा छ
लेख्यौं
देख्यौं
पढ्यौं
एक थान संविधान
हातमा छ
साथमा छ ।।
प्रतिक्रिया