म विज्ञानको बिद्यार्थी

म विज्ञानको बिद्यार्थी


सन्तोष पौडेल

असोज -१ गते अर्थात राष्ट्रिय विज्ञान दिवस यसरी बिभिन्न नाराहरू तय गर्दै विज्ञान दिवस मनाईरहदा र राज्यको मोटो रमक सभा , समारोहमा खर्च भैरहदा स्नातक तह दोस्रो बर्ष विज्ञान बिषय पढीरहेको म एक सामान्य बिद्यार्थी केही नबोली बस्नै सकिन ।

प्रयोगात्मक शिक्षा र सैद्दान्तिक शिक्षाबिचको फरक मैले त्यती बेला महशुस गरे जुन दिन मेरो अनपढ आमाले सावॅंाको ब्याज एकै छिनमा निकाल्नु भयो र म पढेर ज्ञानी मानिएको छोराले सुत्र प्रयोग गरेर क्याल्कुलेटर खोज्न दौडिए । विज्ञान भन्दा बित्तिकै सैद्दान्तिक र प्रयोगात्मक तथ्यको संयोजन बुझ्ने गरिन्छ तर मेरो देश नेपालमा भने विज्ञान बिषय पढाउनको लागी पढ्ने गरिन्छ । “पोखरी भन्दा ठुलो माछा हुन सक्दैन “ भने जस्तै गरी अत्याधुनित विज्ञान प्रयोगशालाहरू नभई वैज्ञानिक उत्पादन हुन सक्दैनन भन्ने कुरा मलाई राम्रो संग ज्ञात भएको छ । राज्यको लगानीको क्षेत्र देख्दा अचम्म लागेर आउछ ।
सभा , समारोह, गोष्ठी मा मोटो रकम खर्च गर्ने राज्यले नेपाली यूवा वैज्ञानिकहरूलाई स्वदेशमै आफ्नो क्षमतामा कसरत गर्ने अबसर दिन चुकेको छ । नासा , ईसरो तगायतका ठाउमा गएर राम्रो खोज अनुसन्धान गर्न सक्ने नेपाली वैज्ञानिकहरूलाई नेपालमै त्यो अबसर प्रदान गर्न सकेको भए राष्ट्रको सान कहा पुग्थियो होला । विदेशी व्यक्तीहरूले चन्द्रमामा बस्ती बसाल्न आटेको यस अबस्थामा हामीहरू अझै पनि चन्द्रमा पुजेर बस्नु वाहेक अरू केही नयापन आएकै छैन । सामाजिक बिकृती , अधिकार , सुरक्षा जस्ता कुरामा रूमलिएका हामी नेपाली अब कहिले माथि उठ्ने खै ? धर्ममा असाध्यै रूचि राख्ने हामीहरू धर्मबाट पनि फाईदा लिन सकेनौ र पछिल्लो समय विज्ञान र धर्मबिचको खाडल बढायौ । हिन्दु धर्मका धार्मिक ग्रन्थले ब्याख्या गरेका धेरै तथ्यहरू विज्ञान संगत रहेका छन जसलाई ठुला अन्तराष्ट्रीय बैज्ञानिकहरूले पनि नकार्न सकिरहेका छैनन । मानिसको जन्म देखी मृत्युसम्म गरिने हरेक कर्म र संस्कारको बैज्ञानिक कारणहरू पुष्टी हुदै गैरहेका छन भने हरेक चाडपर्वमा खाईने परिकारहरू र गरिने गतिबिधीले मानव जिबनमा पार्ने सकरात्मक प्रभावहरू रोचक रूपमा अध्ययन हुदै पुष्टी भैरहेका छन । यसरी एक अर्काको नजिक रहेका धर्म र बिज्ञान आज ठिक फरक रूपमा हेरिएको छ । आफ्नै धर्मग्रन्थमा लेखिएका कुराहरू बिज्ञानसंगत छन कि छैनन भन्ने कुरा थाहा पाउन पनि बिदेशीको अध्ययन अनुसन्धानको नतिजा कुर्नुपर्ने बाध्यता बनेको छ । विज्ञान विषयमा स्नातकोत्तर उत्तिण गरी खोज अनुसन्धान गर्न बिदेश नै जानुपर्ने यो बाध्यता देख्दा कपीको पाना र ठुलो ब्यानरमा लेखिएका नाराहरू च्यातिदिउ जस्तै लाग्छ । यदि साच्चै नै कसैले मलाई विज्ञान दिवसको नारा तय गर्नुस भनेर भन्छ भने मैले “पढ्नको लागी विज्ञान , पढाउनको लागी विज्ञान “ बाहेक अरू उपयूक्त नारा देखेकै छैन । नेपालको सत्ता संचालनका साधन मानिएका राजनीतिक दलहरूको चुनाबी घोषणा पत्र देख्दा सोच्ने गर्छु त्यो झुटो आश्वासनमा खर्च गर्नु भन्दा त्यो पैसा वैज्ञानिक खोज अनुसन्धान केन्द्र निर्माण गर्नमा लगानी गरे देशको गरिमा बढ्ने काम त हुने थियो । अझै लज्जास्पद बिषय त यो छ कि म विज्ञानको बिद्यार्थी , म घरमा गएको समय घरमा रहेको राईस मिल , मिनी टेलरको नट फुस्कीयो भने पनि मेकानिक बोलाउनु पर्छ अनि नमिठो मुख पार्दै कोठा भित्र पस्ने गर्छु सोच्ने गर्छु वैज्ञानिक बन्न सहर पसेको छोरा,
तर पनि विज्ञानको विद्यार्थी भएकोले विज्ञान दिवसको शुभकामना त सबैलाई दिन नै पर्यो २०७९ असोज १ गते मनाएको विज्ञान दिवसले नेपालमा विज्ञानको क्षेत्रमा ठुलो फट्को मार्ने अठोट गरोस , राज्यको लगानीलाई सहि ठाउमा प्रयोग गर्ने वातावरणको सिर्जना गरोस , पढाउनको लागी मात्र नभई नयॅंा खोजमुलक अनुसन्धानका लागी विज्ञान विषयको अध्यापन गराउने आधारहरू तय गरोस र मेरो प्राण भन्दा प्यारो मेरो धर्म र मेरो कर्म क्षेत्र विज्ञान बिचको खाडल पुर्ने सामर्थ्य प्रदान गरोस .