नेकपा एक सचिवालय समितिका यस्ता छन निर्णयहरु

नेकपा एक सचिवालय समितिका यस्ता छन निर्णयहरु

संगिता अधिकारी

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताउनुभयो ।
उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनुभयो । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताउनुभयो ।

बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको उनको भनाइ थियो । ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एक जना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एक जना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ,’ तुलाधरले बताउनुभयो ।

नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताउनुभयो । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उहाँले बताउनुभयो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो यसअघि मंसिरमा हुने निर्वाचनपछि पार्टी एकताको तयारी हुने बताउनुभएको थियो । उहाँले त्यस क्रममा बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पनि एकताको तयारी भएको बताउनुभएको थियो ।