भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिक लाई मोबाइल वितरण

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिक लाई मोबाइल वितरण

संगिता अधिकारी

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिक लाई मोबाइल वितरण गरेको छ । बुधवार अायाेजीत ज्येष्ठ नागरिक अाधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तर्गत बुङमतिमा रहेका ४० जना ज्येष्ठ नागरिकलाई पुर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टी का सम्मानित नेता झलनाथ खनालले मोबाइल फोन वितरण गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आजको युग भनेको डिजिटल युग भएकाले जेष्ठ नागरिकहरुलाई पनि सूचना प्रविधिको पहुँचमा पुराउनु सकारात्मक कुरा भएको बताउनुभयो । खनालले आधारभूत शिक्षा कार्यक्रम प्रदानमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निकै सकारात्मक भूमिका खेलेको जिकिर गर्नुभयो । भरतमोहन अधिकारीले अघि सार्नुभएका कार्यक्रमहरु निकै लोकप्रिय रहेकाले सदैव स्मरणीय रहेको उहाको भनाई छ ।

प्रतिष्ठानका सदस्य लीमा अधिकारीले मोवाईल बितरण भएसंगै तीन महिना जेष्ठ नागरिकहरुलाई मोवाइल चलाउन सिकाउने बताउनुभयो । जेष्ठ नागरिकहरुलाई आधारभूत शिक्षाका साथै मोवाईल चलाउन पनि सक्षम बनाईने उहाको भनाई छ । उहाले प्रतिष्ठान राजनीतिक भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुदै आएको बताउनुभयो ।

त्यस्तै आधारभूत शिक्षा लिइरहेका जेष्ठ नागरिकहरुले आफुहरुले अक्षर पढ्न लेख्न सिकेको र निकै खुसी लागेको बताएका छन् ।
निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ ।

 

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सबिता अधिकारी, ललितपुरका वडा अध्यक्षहरू, बुङमतिका प्रतिष्ठित ब्यतित्वहरूकाे उपस्थिति थियो ।