म्युजिक भिडिओ मेरो राजा सार्बजनिक

म्युजिक भिडिओ मेरो राजा सार्बजनिक

संगिता अधिकारी

सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीत आज भक्तपुरमा चलचित्र कलाकार सङ्गगका अध्यक्ष रबिन्द्र खडकाले सार्बजनिक गरेका छन्।
बुनु श्रेष्ठ र रितु कँणेलको स्वर रहेको सो गीतमा बिनोदराज ढुङ्गेलको सङीत रहेको छ ! गम्भीर बिस्टको निर्देशन रहेको सो म्युजिक भिडिओ अन्य भन्दा फरक रहेको सो कार्यक्रमका वक्ता एबम भक्तपुर साङीतिक समाजका अध्यक्ष प्रबिन शाहीले बताउनु भयो । तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठुलो भुमिका खेल्न सक्ने सन्देश दिएको बताउनु भयो !
कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर बिस्ट, शम्भो राजभण्डारी, बिनोदराज ढुङ्गेल लगाएतले फरक शैलिको यो तीज गीतको छुट्टै महत्व रहेको बताएका थिए।
गीत रचनाकार सुवासचन्द्र ढुङ्गेलको यु ट्युब च्यानल सुवासचन्द्र ढुंगेल अफिसिएलबाट सार्बजनिक गरिएको हो ।