भ्रामक समाचार प्रति सुनकोशी गाउँपालिकाको गम्भिर ध्यानकर्षण

भ्रामक समाचार प्रति सुनकोशी गाउँपालिकाको गम्भिर ध्यानकर्षण

संगिता अधिकारी

भ्रामक समाचार प्रकाशनमा ओखलढुङ्गा  सुनकोशी गाउँपालिकाको गम्भिर ध्यानकर्षण भएको छ । साउन १० गते अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक र नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित ‘ स्थानिय तहमा मनपरी खर्च , जनप्रतिनिधिको दोहोरो सुबिधा , कर्मचारी लाई थप भत्ता समाचार शिर्षक प्रति गम्भिर ध्यानकर्षण भएको हो ।

गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा भनिएबमोजिम पैसा हिनामिना नगेको सत प्रमाण समेत पेस गरेको छ

स्थानिय तहको पहिलो निर्वाचन पश्चात कार्यलयमा कुनै सवारी साधन नहेको र दरबन्दी बमोजिम कर्मचारी नभएको समयमा कर्मचारीले अतिरिक्त काम गरेवापत र महालेखापरीक्षक को कार्यलय बाट सरकारी राजस्व खातामा जम्मा गरेको सक्कल समेत पेश गरेको छ ।

यस अघि प्रकाशित समाचार भ्रामक र ब्यक्तिको चरित्रहत्या गर्ने मनसायले प्रकाशन गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस महालेखापरीक्षक को कार्यलय बाट प्राप्त गाउँपालिकाले पेश गरेको सक्कली भौचर