अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

संगिता अधिकारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पृथ्वीनारायण क्याम्पस कमिटीद्वारा “बहुदलिय व्यव्स्थामा स्वतन्त्र उम्मेदवारले पार्ने प्रभावहरु” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कल्पना रेग्मीले प्रथम स्थान हासिल गरेकी छन् भने मानव राज बराल र संकल्प कुँवर ले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । कार्यक्रममा १८ जना प्रतियोगिले भाग लिएका थिए भने प्रथम हुनेलाई प्रमाणपत्र सहित ७५०० रुपया नगद, दृतिय हुनेलाई ३५०० र तृतीय हुनेलाई १५०० रुपया नगद पुरस्कार दिइएको थियो ।

कार्यक्रममा प्रतियोगिहरुले दलिय व्यवस्था र त्यसमा स्वतन्त्र उम्मेदवारहरुले पार्ने प्रभावको बारे विभिन्न धारणा व्तक्त गरेका थिए। १८ जना प्रतियोगि रहेको कार्यक्रममा नेपाली विभागका उपप्रध्यापक शोभाकान्त गौतम, कानुनी ज्ञाता नारायण भण्डारी र विद्यार्थी प्रतिनिधि प्रकृति मैनाली निर्णायक रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि राजन शर्मा पराजुलीले “कोहि व्यक्ति पनि आफैमा स्वतन्त्र नरहने र मात्र पक्ष र विपक्ष रहने कुरा राखेका थिए” त्यस्तै, धरान र काठमाडौंमा जितेका स्वतन्त्र उम्मेदवार स्वतन्त्र नभई दलिय असंलग्न उम्मेदवार मात्र रहेको भनाई राखे। कार्यक्रममा विशेष अतिथि अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, अतिथि अनेरास्ववियू कास्की जिल्ला कमिटी अध्यक्ष वज्रराज अधिकारी ले मनतव्य राखेका थिए। कार्यक्रममा अनेरास्ववियूका सचिवालय सदस्य सुर्यदेव लामिछाने, केन्द्रिय सदस्यहरु र पिन क्याम्पस कमिटिका विद्यार्थी नेताहरु उपस्थित थिए ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष रसिक न्यौपानेले गरेका थिए भने कार्यक्रम संचालन सचिव सन्तोष पौडेलले गरेका थिए।कार्यक्रममा स्वागत मनतव्य विद्यार्थी नेता होम तामाङ्गले राखेका थिए।