नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी सङगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित विद्यार्थी नेताहरुले आमरण अनसन शुरु गरेका छन । व्यवस्था बदलियो, शिक्षाको अवस्था बदलिएन परिवर्तन सम्भव छ आट ,साहस, दृढता गरौ भन्ने मुल नाराका साथ अनसन सुरु गरेका हुन ।
विश्वविद्यालयमा रहेको विकृति विसङ्गति र शैक्षिक अपराधीकरणका विरुद्व अनेरास्ववियूद्वारा आज देखि आमरण अनसन सुरुवात गरेको हेर्नेपोष्ट डटकम लाइ अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।
।
सोमबर कार्यबाहक अध्यक्ष माधव पन्त सहित त्रिभुवन भुवन जिल्ला कमिटीको नेताहरुमाथी त्रिभुवन विश्वविद्यालय परिसरबाटै पक्राउ गरेको थियो । व्यवस्थापन संकायको परिक्षामा भएको लापरबाहीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि उपकुलपति धर्माकान्त बास्कोटाले बेवास्ता गर्दै आएका थिए । सोमबार अध्यक्ष पन्त सहित विद्यार्थी नेताहरु शान्तिपुर्ण रुपमा आन्दोलन मा उत्रिएका थिए ।
पछिल्लो समय त्रिविअन्तर्गत बिबिएको छैंटौं सेमेष्टरको परीक्षामा चौथो सेमेष्टरबाट प्रश्नपत्र सोधिएको थियो । त्यसको विरुद्धमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । उनिहरुले लापरवाहीको बारेमा भिसीलाई ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि कुनै पनि वास्ता नगरेको गुनासो गरेका छन ।
प्रतिक्रिया