अनेरास्ववियूका अध्यक्ष पन्त सहित बिद्यार्थी नेताहरुमाथी त्रिभुवन विश्वविद्यालय को ज्यादती

अनेरास्ववियूका अध्यक्ष पन्त सहित बिद्यार्थी नेताहरुमाथी त्रिभुवन विश्वविद्यालय को ज्यादती

संगिता अधिकारी

नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी सङगठन अनेरास्ववियूको केन्द्रिय अध्यक्ष माधव पन्त सहित त्रिभुवन भुवन जिल्ला कमिटीको नेताहरुमाथी त्रिभुवन विश्वविद्यालय ले ज्यादती गरेको छ । व्यवस्थापन संकायको परिक्षामा भएको लापरबाहीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि उपकुलपति धर्माकान्त बास्कोटाले बेवास्ता गर्दै आएका थिए । सोमबार अध्यक्ष पन्त सहित विद्यार्थी नेताहरु शान्तिपुर्ण रुपमा आन्दोलन मा उत्रिएका थिए ।

 

आन्दोलित नेताहरु माथी प्रहरी प्रशासनको आडमा सम्पुर्ण विध्यार्थिहरु माथि दमन गर्दै धर्पकड गरेको अनेरास्ववियू  उप-महासचिव अशोक थापाले जानकारी दिए ।

केन्द्रिय कमिटिका कार्यवाहक अध्यक्ष माधव पन्त ,स्थायी कमिटि सदस्य प्रेम विश्वकर्मा ,स्थायी कमिटि सदस्य विपिन पराजुली, अनेरास्ववियू त्रिवि संयाेजक शाेभा बम ठकुरी , सचिवालय सदस्य समिर गाैतम ,सचिवालय सदस् प्रकास थापा , सचिवालय सदस् प्रज्वल विक्रम थापा, शंकरदेब क्याम्पस अखिल फाेर्स केन्द्रिय सचिव सन्ताेस शेर्पा , शंकरदेब क्याम्पस कैलास राज गिरी
शंकरदेब क्याम्पस नरदेब उपाध्याय सम्पुर्णलाई प्रहरी नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।

 

पछिल्लो समय त्रिविअन्तर्गत बिबिएको छैंटौं सेमेष्टरको परीक्षामा चौथो सेमेष्टरबाट प्रश्नपत्र सोधिएको थियो । त्यसको विरुद्धमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका  थिए । उनिहरुले  लापरवाहीको बारेमा भिसीलाई ज्ञापनपत्र बुझाउन पटकपटक समय माग गर्दा पनि कुनै पनि वास्ता नगरेको गुनासो गरे । आज शान्तिपुर्ण रुपमा आन्दोलन गर्दा प्रहरी प्रशासनको आडमाआफूहरुमाथि दमन गर्ने काम भएको उनिहरुको गुनासो छ ।