भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले धान दिवसमा अवसरमा बृद्दबृदालाइ दहिचिउरा खुवाएको छ । फाउण्डेसनले ज्येष्ठ नागरिक आधारभुत शिक्षा कार्यक्रम बुङमती ललितपुरमा कार्यक्रमको आयोजना गरि ४० जना ज्येष्ठ नागरिकलाई दहिचिउरा खुवाएको हो ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेसन की सस्थापक तथा नेकपा एकिकृत समाजवादी पार्टी कि नेता लिमा अधिकारीले धान दिवसको अवसरमा ज्येष्ठ नागरिक सङ दहिचिउरा खुवाउन पाउदा खुशी लागेको बताउनुभयो । उहाँ ले ज्येष्ठ बृद्द आमाबुबा लाई आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो । यस फाउण्डेसनमा ४० ज्येष्ठ नागरिक अध्ययन समेत गर्ने गरेका छन । ज्येष्ठ बुबाआमा हरुलेपनि एक अर्कोमा खुशी साटेका थिए ।
‘दहिचिउरा’ कार्यक्रम को प्राविधिक सहयोग ‘एजि ‘नेपाल ललितपुर ,ब्यबस्थापन सहयोग शान्ति आश्रम ललितपुर र सहकारी समाज बुङमती लि ललितपुरले गरेको थियो ।
प्रतिक्रिया